अमेरिकाको छैटौँ विकेट पतन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । अमेरिकाले सुरुवात ब्याटिङ गरेको छ ।

१० ओभरको खेल सकिएको छ । अमेरिकाले ६ विकेट गुमाएर ३१ रन जोडेको छ । सन्दीप लामिछाने व्यक्तिगत चौंथो विकेट लिएका छन् । सुशन भारीले तेस्रो विकेट लिएका छन् ।

अमेरिकासँगको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी टिमबाट बाहिर रहेका छन् । ललित नारायण राजवंशी टिममा अटाएका छन् ।

दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् । पहिला खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको थियो ।

अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो । यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ ।

पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो । ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?