एन आई सी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका हुन् । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारीहरु तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिती थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए । उनले एन आई सी एशिया बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु-याउने अथक यात्रा जारी रहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?