कैलालीमा शाही मृत्यु प्रकरण : पूर्व–पश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध

कैलाली – बर्दिया रम्भापुरका शेरबहादुर शाहीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्गअन्तरगत कैलालीको लम्की सडकखण्ड अवरुद्ध गरिएको छ ।

कैलालीको लम्कीचुहानगरपालिका वडा नम्बर ३ गोराङ्गेमा सोमबार राति घाइते अवस्थामा ४५ वर्षीय शाही फेला परेका थिए ।

ठक्कर दिने सवारी पत्ता लगाउन दबाव दिँदै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । लम्की सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन र सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

सडकमा घाइते भेटिएका शाहीलाई उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?