जब डाक्टरले युवतीको आँखाबाट ४ वटा जीवित मौरी निकाले…

काठमाडौं । ताइवानमा एउटा अनौठो घटना भएको छ । ताइवानकी २८ वर्षीया युवती आँखामा समस्या आएपछि चेक गराउँन अस्पताल पुगेकी थिइन् ।

अस्पतालले मिस हिको नाम गरेकी ति महिलाको आँखाबाट डाक्टरले चारवटा जिवित मौरी फेला पारेका छन् । चीनमा हुने क्विंग मिङ्ग तम्ब स्विपिंग फेस्टिबलका लागि चिहान गएकी मिस हि हावा लागेर आँखामा धूलो परेको भन्दै आँखा रातो र सुन्निन थालेपछि उनी फुयिन युनिभर्सिटी अस्पताल पुगेकी थिइन् ।

अस्पतालका अप्थोमोलोजी डिपार्टमेन्टका प्रमुख डा. हुङ चितिङले उनको आँखाको चेकअप गरेपछि माइक्रोस्कोपको सहायताले किराजस्तो केही कालो जीव फेला पारेका थिए । डाक्टरले फोर्कोस्कोपको सहायताले एकपछि अर्को गर्दै आँखाबाट ४ वटा जीवित मौरीहरू निकालेका थिए ।

डा. हुङ का अनुसार हावाका कारण यी मौरीहरू उडेर आँखामा छिरेको र आँखामा टाँसिएर बसेको बताएका छन् । साथै मौरीहरूले उनको आँखाको आँशु खाइरहेको डाक्टरले बताएका छन्।

मानिसहरूलाई आक्रमण नगर्ने यी मौरीहरू पसिना खान मनपराउने हुँदा यिनीहरूको नाम स्वेट बिज रहेको पनि डाक्टरले बताए।

मिस हिले कन्ट्याक्ट लेन्स लगाएका कारण आफ्नो आँखा मिच्न पाएकी थिइनन् । तर उनले आफ्नो आँखा मिचेकी भए उनको लेन्स भाँचिएर मौरीहरूले निकालेको विष उनको आँखाभित्र छिर्न सक्ने र उनी अन्धोसमेत हुन सक्ने डाक्टरहरुले बताएका छन् ।

अस्पतालका डाक्टरहरूले आँखामा मौरी भेटिएको यो विश्वकै पहिलो घटना भएको बताएका छन् । उक्त जीवित मौरीहरूलाई रिसर्चको लागि पठाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?