भारतविरुद्ध न्युजिल्याण्डको क्लिन स्विप

काठमाडौं । भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।

माउन्ट माउन्गानुइमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।

भारतले दिएको २ सय ९७ रनको लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको सहज जितमा तीन खेलाडीले अर्धशतक पुरा गरे । हेनरी निकोलसले सर्वाधिक ८०, मार्टिन गप्टिलले ६० र कोलिन डी ग्राण्डहोमए ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टम लाथमले अविजित ३२, कप्तान केन विलियाम्सन २२ रनको योगदान गरे । भारतका युजभेन्द्र चाहलले ३ तथा सर्दुल ठाकुर र रबिन्द्र जडेजाले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । भारतका लोकेश राहुलले शतकीय इनिङ्स खेले । राहुलले ९ चौका र २ छक्काको मद्दतमा १ सय १२ रन बनाए ।

यस्तै श्रेयस आयरले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ४२ र पृथ्वी शले ४० रनको योगदान गरे । न्युजिल्याण्डका हमीस बन्नेटले ४ विकेट लिए ।

यसअघि ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज भने भारतले क्लिन स्विप गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?