राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली आज प्रकाशन, भोलि चुनाव चिह्न

काठमाडौं, १४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारको मनोनय दर्तापछि उजुरी गर्न समेय तोकिएको आयोगले त्यसको छानबीन सकेलगत्तै उम्मेदवारहरुको नामावली प्रकाशन गर्न लागेको हो उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आयोगले शनिबार निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएतापनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ । वाम गठबन्धनका तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ निर्देशिका अनुसार थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी गरेका थिए । छानबिनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय लिएको हो पूर्वनिर्धाति कार्यतालिका अनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ यो बीचमा इच्छुक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । अन्तिम नामावली प्रकाशनपछि सोमबार नै उम्मेदवारलाई चुनाव चिहृन वितरण गर्ने आयोगको कार्यतालिका छ ५९ सदस्यका लागि हुन लागेको राष्ट्रियसभा सदस्य चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ राष्ट्रियसभा सदस्य निर्वाचन यहि माघ २४ गते हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?