कक्षा नौ का विद्यार्थीले लेखेको कथा सङ्ग्रह ‘कल्पलोक’ को लोकार्पण

काठमाडौं, १४ माघ – काठमाडौंको हिमरश्मी स्कूल, कक्षा नौका विद्यार्थीद्वारा लिखित कथा सङ्ग्रह ‘कल्पलोक’ को लोकार्पण गरिएको छ । शनिवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी कृतिको विमोचन गरियो कार्यक्रममा प्रमुख अतिथिको भूमिका निभाएका वरिष्ठ बाल साहित्यकार प्रमोद प्रधानले विद्यालयमा हुने यस्ता कार्यक्रमले बाल प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । चित्र हेरेर कथा तयार पार्नु कल्पनाशीलताको उच्च अभ्यास भएको उनले बताए त्यस्तै विशेष अतिथि छायादत्त न्यौपाने ‘बगर’ ले कल्पनाशीलताको लोभलाग्दो संयोजन नै कथा सङ्ग्रह भएको दाबी गरे । साथै उनले बाल कथाकारहरुलाई थप संवाद र द्वन्द्व सृजना गर्न पनि सुझाए विद्यालयका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले विद्यार्थीले छोटो समयमै उत्कृष्ट कथा लेखेको धारणा राखे । कार्यक्रममा अर्का अतिथि माधव घिमिरे ‘अटल’ ले पनि बोलेका थिए कथाकार तथा अनुवादक केशरी अमगाईंले सम्पादन गरेको कथा सङ्ग्रहमा छनोटमा परेका विद्यार्थीका एघार कथा सङ्ग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?