मायाँलुलाई खोज्दै १४ हजार किलोमिटरको पैदल यात्रा !

काठमाडौं । मायाँ मानिसहरुमा मात्र सिमित हुँदैन । जनावरहरुले पनि एक अर्कामा मायाँ गर्छन् । यो कुरा मादा वुल्फ नामको एउटा फिमेल कुकुरबाट थाहा पाउँन सकिन्छ ।

आफ्नो प्रेमको खोजीमा उक्त कुकुरले १४ हजार किलोमिटरको पैदल यात्रा गरेको छ । वैज्ञानिकहरुका अनुसार मादा वुलफ नामक त्यो कुकुर प्रत्येक दिन विहान लगभग २१ किलोमिटर यात्रा हिँड्दथ्यो ।

तर कुकुरको अचानक मृत्यु भएको छ । वैज्ञानिकहरुको टोली अहिले कुकुर कसरी मर्याे भन्ने बारे खाजी गरिरहेको छ । वैज्ञानिकहरुले उक्त कुकुरको नाम ‘ओ आर -५४’ राखेका छन् ।

कुकुर कहाँ सम्म पुगेको थियो भन्ने बारेमा वैज्ञानिकहरुले कुकुरको घाँटीमा बाँधिएको ट्रान्समिटर कलरबाट अनुसन्धान गरिरहेका छन् ।

उनीहरुले ट्रान्समिटर कलरको ट्रयाकबाट कुकुर मरेको ठाउँसम्म पुगेका थिए । कुकुरले आफू प्रेमीको खोजिमा हिँडेको बेला घरका सबैलाई अलबिदा भनेर घर छोड्दै क्यालिफोर्नियाको सिमा बाहिर निस्किएको थियो ।

कुकुरको शरिरमा ट्रान्समिटर सन् २०१७ मा लगाईएको थियो । शुरुवाती अनुसन्धानमा दुई वर्षसम्म कुकुर त्यत्तिकै हिँडिमात्र रहेको थियो । साथै आफ्नो शिकारका लागि उसले बिभिन्न जनावरहरु पनि मार्ने गर्दथ्यो ।

बोयोलोजिस्ट अमरोक वेसका अनुसार साथी खोज्न हिँड्नु साधारण कुरा भएको बताएका छन् । ओ आर-५४ का पिता ओ आर-७ ले पनि आरेगनमा बस्नुभन्दा पहिला केहि वर्षसम्म साथीको खोजीमा हिँडेको थियो ।

वैज्ञानिकहरुका अनुसार उक्त कुकुरको लाश शास्ता काउन्टी भन्ने ठाउँमा पाइएको थियो । क्यालिफोर्नियाको वाइल्ड लाइफ डिपार्टमेन्टले कुकुरको मृत्युको कारण पत्ता लगाउँने मानिसलाई २ लाख ८८ हजा रुपैयाँ दिने घोषणा गरेको छ ।

एजेन्सीको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?