निर्माण व्यवसायी संघ महोत्तरीमा राय प्यानलसहित विजयी

गौशाला, १४ माघ । निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी भएका छन् महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गगर्दै राय विजयी भएका हुन् सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा राजेश्वर रायले ७७ मत ल्याउँदै विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी मुनेश्वर चौधरीले ४८ मत ल्याएका निर्वाचन अधिकृत सुनिल पंकज कर्णले बताए त्यस्तै उपाध्यक्षमा अमितकुमार साह, द्वितीय उपाध्यक्षमा सोवीन्द्र चौधरी, सचिवमा विमलेशकुमार सिंह, उपसचिवमा विकासकुमार भगत र कोषाध्यक्ष पदमा अरुणकुमार झा विजयी भएका छन् त्यसैगरी सदस्यहरूमा लवकुमार झा, तेजनारायण सिंह, राजेन्द्र यादव, चुनाबहादुर कोइराला र बबिताकुमारी साह विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?