नदीमा फसेका आफ्ना बच्चालाई यसरी बँचायो घडियालले !

काठमाडौं । मानिसका हुन् वा जीवजन्तु आफ्नो बच्चालाई बचाउँन आमाबुबाहरु जे पनि गर्न तयार हुन्छन् । उनीहरु आफ्नो बच्चा समस्यामा परेको देख्न सक्दैनन् ।

यस्तै एउटा अनौठो घटना घडियालको पिताले पनि देखाएको छ । घडियालको बच्चा पानीमा फसेका थिए । बच्चालाई बँचाउँनको लागि घडियालको पिता पानीमा आफ्नो ज्यानको बाजी राखेर हाम फाल्यो ।

अहिले सोशल मिडियामा उक्त घडियालको फोटो भाइरल भईरहेको छ । बच्चालाई बचाउँन घडियालको पिता नदीमा हाम फालेको थियो ।

उसले बच्चालाई नदीबाट पिठमा बोकेर नदी पार गराएको छ । यो इमोशनल भिडियो आईएफए अफिसर प्रविन कासवानले शेयर गरेका छन् ।

उनले भिडियो शेयर गर्दै क्याप्सनमा “सबैभन्दा राम्रा पिता” भनेर लेखेका छन् । यो फोटो ६ फेब्रुअरी मा खिचिएको थियो । अहिले यो फोटो सोशल मिडियामा अत्याधिक भाइरल भईरहेको छ ।

घडियालले आफ्ना बच्चाहरुप्रति देखाएको जिम्मेवारी अहिले सामाजिक सञ्जालमा तारिफ भईरहेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरले घडियालको व्यवहारबाट मानिसहरुले पनि केहि सिक्नुपर्ने कुरा कमेन्टमा लेखेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?