काठमाडौं । सोमबारको बसेको मन्त्रीपरिषद्को बैठकमा आइजीपी कसलाई बनाउने भन्ने विषय टुङ्गो नलागेपछि आज फेरि बैठक बस्दैछ ।
आज ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । आज बस्ने बैठकको मुख्य एजेन्डा नै प्रहरी महानिरिक्षक (आईजीपी) छनौट रहेको छ ।
आजबाट प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल विदा हुँदैछन् । बैठकमा खनालका व्याचका एआइजीहरुको पनि पदावदी सकिएकाले आज डिआइजीहरु मध्ये एकजनालाई आईजीपी नियुक्त गर्ने निर्णय हुनेछ ।
सरकारले डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट १ जनालाई महानिरीक्षक नियुक्ति गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया