एक्लै गोठमा सुत्न गएका पण्डितको कसले ग-यो हत्या ?

काठमाडौं । रौतहटमा एक वृद्धको हत्या भएको छ । रौतहटको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो ।

पण्डितलाई सोमबार राति उनकै गोठमा अज्ञात समूहले हतौडा प्रहार गरी हत्या गरेको परिवारले जनाएको छ । घरमा खाना खाएर गोठमा सुत्न गएका पण्डित मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?