काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले अमेरिका र ओमानबीच प्रतिस्पर्धा भईरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अमेरिकाविरुद्ध ओमानले ब्याटिङ गरिरहेको छ । अमेरिकाविरुद्ध ओमानका अकिब इल्यास र जिशन मक्लेसुद अर्धशतक बनाएका छन् ।
अकिबले ६६ बलमा ८ चौकासहित अर्धशतक बनाएका हुन् । अमेरिकाविरुद्ध उनको यो लगातार अर्धशतक हो । नेपालविरुद्ध शतक बनाएका अकिबले यस अघि अमेरिकासँगको पहिलो खेलमा पनि अर्धशतक बनाएका थिए ।
मक्सुदले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो । उनले नेपालविरुद्ध पनि अर्धशतक बनाएका थिए ।
अकिब र जिशनको अर्धशतकसँगै ओमानले ३३ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया