चिडियाखानाका बाघलाई अब अन्तर्राष्ट्रिय ब्रान्डको परफ्युम !

काठमाडौं । सुन्दा अचम्म पक्कै लाग्छ । तर ब्रिटेनको नारफाकस्थित बाहम चिडियाघरमा रहेका क्याट्स परिवार (बाघ,ज्यागुआर,तेन्दुए र ओसेलोट) जस्ता जैगली बिरालाहरुलाई त्यहाँ जाने दर्शकहरुले प्रयोग गरेको पर्फ्युम धेरै मन पर्ने गरेको छ ।

त्यति मात्रै होइन ति जनावरहरु यदि मानिसहरुले लगाएको पर्फ्युमको बास्ना लिन पाएनन् भने दिन भरि नै बिरामी जस्ता बन्ने गरेका छन् ।

त्यसैले चिडियाखानाका अधिकारीहरुले सबैलाई आफूले प्रयोग गरेर पुराना भएका पर्फ्युम दिनको लागि आग्रह गरेको छ ।

तर चिडियाखाना प्रशासनले ब्रान्डेट कम्पनीका पर्फ्युम मात्रै लिने बताएको छ । किनभने बाघहरुलाई धेरैजसो महंगो डिजाइनर लेभल नै मन पर्दछ ।

चिडियाखानाका प्रबन्धक माइक वुलह्यामले बाघहरुलाई धेरैजसो क्याल्विन क्लनको पर्फ्युम नै मन पराउँने गरेको बताएका छन् । तर उनले जनावरहरुलाई फरक फरक बास्ना दिने पर्फ्युम दिने बताएका छन् ।

२४ ब्रान्डका फरक बास्नादार पर्फ्युम चितुवा, बाघ आदि जनावरहरुलाई सुघाउँदा उनीहरुले क्याल्विन क्लेन नै मन पराएको उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?