सुजुकीको ‘खुसीको साँचो’ अफरः २ लाख २५ हजार, छुट १ वर्ष बीमा

काठमाडौं । सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । सीजी मोटोकर्प सुजुकी ब्रान्डका गाडीका लागि नेपालकाे आधिकारिक विक्रेता हो ।

यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनेछन् ।

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ ।

सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको सीजी मोटोकर्पले जनाएकाे छ   । साथै यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?