काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवासले सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाईज क्लबविरुद्धको खेलमा एक गोल गरेसँगै भरतले ५० गोल गरेका हुन् ।

ब्रिगेडविरुद्ध खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका छन् । यस गोलसँगै भरतले शीर्ष लिगमा आफ्नो व्यक्तिगत ५० गोल पुरा गरेका हुन् ।
ए डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । यस अघि बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् ।
यस्तै लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया