२०७४, १४ माघ आईतवार ०८:४६

दुई महिनादेखि अवरूद्ध सडक निर्माणकाे काम मेयरकाे सक्रियताले सुरु


प्रकाशित मिति : २०७४, १४ माघ आईतवार ०८:४६

किशाेर कुमार तामाङ्गपुनर्वास, माघ १३ -स्थानिय निर्वाचन पश्चात पुनर्वास नगरपालिकामा सडक विस्तार कार्यले तिव्र गति लिईरहेको छ । तर पुनर्वास काे वार्ड नं. २, अमरैयामा भने गत दुई महिनादेखि सडक निर्माण अवरूद्ध भई कार्य अघि बढ्न नसकेको अवस्थामा नगरप्रमुख जीवनराज थापाको उपस्थितिमा सो कार्य पुन:सुचारु भएको छ नगरपालिकाको मापदण्ड अनुरुप सडक नक्साङ्कन गर्दा खेतका बिरुवाहरु बाटोमा पर्ने देखिए पछि उक्त ठाउँमा विवाद सुरु भएको थियो सडक निर्माण कार्यमा स्थानिय बिर्ख बहादुर सार्कीले अवराेध पुरयाएपछी निर्माण कार्य अवरूद्ध भएकाे थियाे। नगरपालिकाबाट खटिएकाे अमिनले नापनक्शा कायम गरेकाे भित्र बाटाेमा जग्गा धनी बिर्ख बहादुर सार्किकाे लिप्टिसकाे रूखहरू परे पनि रूख ढाल्नमा अटेर गरी निज व्यक्तिले निर्माण कार्यमा अवराेध पुरयाएकाे उपभाेक्ता समितिका सचिव विनिता बिकले बताउनु भयाेराजनीतिक पार्टीकाे संरक्षणमा रहि बिर्ख बहादुर सार्किले बाटाेमा अवराेध पुरयाउने मनसायले रूख ढाल्न नदिएकाे स्थानियहरूकाे गुनासाे रहेकाे छ। सार्की नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन । नगरपालिका संगकाे सम्झाैता अनुसार काम भईरहेकाेमा सार्किले बाटाे निर्माणमा अवराेध ल्याएपछि बढीमा २० दिनमा सकिने काम लम्बीएर अढाई महिना बितिसक्दा पनि सम्पन्न नभएकाे उपभाेक्ता समितिकाे अाराेप छविभिन्न सञ्चार माध्यमका पत्रकार,अमिन,नगर प्रमुखकाे संयुक्त टाेलि त्यस ठाउँमा पुगे पछि बाटाेमा परेकाे रूखहरू ढाल्ने र अवरूद्ध रहेकाे बाटाे निर्माण कार्य सुचारू भएको छ । बाटाे बजुरे सार्किकाे घरदेखि पूर्व बिर्ख बहादुर बिककाे घरसम्म १२ मिटर फराकिलाेकाे दुई किलाे मिटर बाटाे निर्माण हुंदैछ। पुनर्वास नगरपालिकाको पाँचलाख सहयोग र स्थानीयवासीको जनश्रमदानबाट बन्नलागेको साे बाटाे पुनर्वास नगरपालिकाकाे रिङ्गराेडकाे याेजनामा रहेकाे छ अाफुले पटक पटक प्रत्यक्ष भेटेर बाटाेमा अवराेध नगर्न अाग्रह गर्दा पनि बिर्ख बिकले अडान नछाडे पछि निर्माणकाे काम लम्बिएकाे वार्ड नं. २ का वडाध्यक्ष सन्त कुमार चाैधरीले बताउनु भयाे । स्थानिय समाजसेवी एवम् जनप्रतिनिधिकाे अादेश समेत नमाने पछि अाफु बाध्य भएर पत्रकार एवम नगर प्रमुखलाई गुहार्नु परेकाे उपभाेक्ता समितिका अध्यक्ष जुद्ध चाैधरीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस