पहिलो हाफमा आर्मीलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ब्रिगेडविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।

खेलको पाँचौं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका हुन् । यस गोलसँगै भरतले ए डिभिजन लिग फुटबलमा आफ्नो व्यक्तिगत ५० गोल पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?