यी हुन् विश्वका २१ महत्वपूर्ण धार्मिकस्थल !

काठमाडौं ।  विश्वमा धेरै पवित्र स्थलहरु छन् । पवित्र स्थलहरु मात्र हाम्रो देशमा मात्र सिमित छैन । विश्वका यी बिभिन्न धार्मीक स्थलहरुको बारेमा तपाईलाई थाहा नहुन सक्छ । त्यसको बारेमा हामी जानकारी दिनेँछौँ ।

१.काशी (भारत)

काशीमा महादेव तथा आदिशक्ति त्रिदेव जननीको मन्दिर रहेको छ । द्वादश ज्योतिर्लिङ्गेश्वरमा प्रमुख मानिन्छ ।

२. जगन्नाथपुरी (भारत)

भनिन्छ बद्रीनाथमा स्नान गर्ने,द्वारीकामा वस्त्र लगाउँने, जगन्नाथपुरीमा भोजन गर्ने र रामेश्वरमा सुत्ने । द्वापर युगपछि भगवान श्री कृष्ण पुरीमा बस्न थालेपछि जगन्नाथपुरी भन्न थालिएको थियो ।

३.अयोध्या (भारत)

अयोध्या रामदूत हनुमानका आराध्य देव भगवान श्रीरामको जन्म स्थान हो । भगवान रामको जन्म ईस्वी पूर्व ५११४ को चैत्र महिनाको नवमी तिथिमा भएको थियो । भनिन्छ १५२८ मा बाबरका सेनापति मीरबकीले अयोध्यामा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाएका थिए ।

४.मथुरा (भारत)

भगवान श्रीकृष्णको जन्मभूमी मथुराको आदा भागमा ईदगाह बनेको थियो भन्ने विश्वास गरिन्छ । १६६० मा मथुरामा औरनगजेबले कृष्णको मन्दिर भत्काएर ईदगाह बनाएका थिए ।

५. गोमटेश्वर(भारत)

यो प्राचीन तीर्थ स्थलमध्येको एक हो । यो तिर्थस्थल प्रथम तिर्थकर ऋषभदेवका पुत्र बाहुबलीको तपोभूमी भनेर चिन्ने गरिन्छ ।

६. श्रीसम्मेद शिखरजी (भारत)

यो पुण्य स्थल जैन धर्मको २४ मध्ये २० तीथर््हरु भन्दा ठूलो तिर्थस्थल हो । त्यहाँ सर्वाेच्च जैन गुरुले मोक्ष पाएका थिए ।

७.कुण्डलपुर (भारत)

कुण्डलपुरमा जैन धर्मका तिर्थकर महावीरको जन्म भएको थियो । यो ठाउँ पनि ५९९ वर्ष पहिला देखि नै तीर्थस्थलको रुपमा परिचित छ ।

८. पावापुरी (भारत)

पावापुरी जैन धर्मका तिर्थकर महावीरले ७२ वर्षमा जीवन त्यागेका थिए ।

९. लुम्बिनी (नेपाल)

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि विश्वकै प्रमुख धार्मीक स्थल मध्येको एक हो ।

१०. बोधगया (भारत)

बोधगयामा भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेका थिए । बुद्धले आजभन्दा २५०० वर्ष पहिला त्यहाँ बुघत्व प्राप्त गरेका थिए ।

११. सारनाथ (भारत)

भगवान गौतम बुद्धले पहिलोपटक उपदेश दिएको स्थान हो सारनाथ । त्यहिँबाट बुद्धले धर्मचक्र प्रवर्तन प्रारम्भ गरेका थिए ।

१२. द टेम्पल अफ हेवन (चीन)

चीनको यो मन्दिर विश्व प्रसिद्ध छ । यसलाई ताओ धर्मको प्राचिन मन्दिर मान्ने गरिन्छ । ताओ बैद्ध धर्मसँग नै सम्बन्धित मदिर हो । यो मन्दिरको निर्माण १३ औँ शताब्दीमा भएको थियो ।

१३. इहाई जी (जापान)

जेनको विकास चीनमा बौद्ध धर्मको एक शाखाको रुपमा ५०० ईस्वी मा भएको थियो । चीनबाट यो १२०० ईस्वीमा जापान भित्रिएको थियो । १२४४ मा जेन मास्टर डोगेन जेन्जीले यो मन्दिर बनाएका थिए ।

१४. यहुदी दिवार (इजरायल)

यो तीन धर्म (यहुदी,ईसाइ र इस्लाम) को तीर्थ स्थल हो । त्यहाँ किलेनुमा चारदीवारीबाट यहुदीहरु प्रार्थना गर्दछन् । यो दीवार प्राचीन तथा भव्य रहेको छ ।

१५. आतिस बेहराम (ईरान)

ईरानमा पहिला फारसीहरु बस्ने गर्दथे । तर इस्लामिकहरुले आक्रमण गरेर जितेपछि उनीहले पनि इस्लाम धर्म अपनाएका थिए । जसले इस्लाम धर्म अपनाएनन् उनीहरु देश छोडेर अन्यत्र गए । फारसी धर्मको यो पवित्र मन्दिर अहिले खण्डर बनेको छ । जरथुष्ट्रले फारसी धर्मको स्थापना गरेका थिए ।

१६. बेथलेहम (इजरायल)

यो ठाउँ इजरायलको राजधानी यरुशलमबाट १० किलोमिटर टाढा दक्षिणको फिलिस्तानमा पर्दछ । त्यहाँ ईसा मसीहको जन्म ६ ई.पू. मा भएको थियो । आज उक्त पवित्र स्थललाई चर्च अफ नेटिविटी भन्ने गरिन्छ ।

१७. भ्याटिकन सिटी (इटली)

रोमन क्याथोलिक ईसाइहरुका लागि भ्याटिकन सिटी सबैभन्दा महत्वपूर्ण धार्मीक स्थल हो । यो इटलीमा रोम टाइबर नदीको पश्चिमी किनारमा १०८ एकड क्षेत्रफलमा फैलिएको एउटा स्वतन्त्र राष्ट्र हो ।

१८. पवित्र काबा (साउदी अरब)

पवित्र काबा साउदी अरबको हेजाज प्रान्तको राजधानी मक्कामा रहेको छ । मक्का शहर वार्षिक हज तीर्थयात्रा, इस्लामहरुको ५ तीर्थस्तम्भ मध्येको एक हो । प्यागम्बर हजरत इब्राहीमले मक्कामा काबालाई पहिलो पवित्र मन्दिरका रुपमा बनाएका थिए ।

१९. प्यागम्बर मस्जिद (साउदी अरब)

इस्लाम धर्मको पवित्रतम स्थल मध्येको एक हो प्यागम्बर मस्जिद । यसलाई अल्लाहको दूतको नगर भनेर पनि चिन्ने गरिन्छ । यो पश्चिम साउदी अरबको हिजाज क्षेत्रमा रहेको छ । यो नगरलाई पहिला यथरिब भन्ने गरिन्थ्यो ।

२०. नानकाना शाहिब (पाकिस्तान)

शिख धर्मका प्रथम गुरु नानकदेवको जन्म १५ अप्रिल सन् १४६९ ई.(१५२६ विक्रम संवत) बैशाखमा तलवन्डी भन्ने ठाउँमा भएको थियो । तलवन्डीलाई अहिले ननकाना साहिबको नामले चिन्ने गरिन्छ । यो पनि पवित्र तीर्थस्थल मध्येको एक हो ।

२१. स्वर्ण मन्दिर (भारत)

भरतमा रहेको हरमन्दिर साहिबलाई स्वर्ण मन्दिर भन्ने गरिन्छ । त्यहाँ गुरु रामदास, अर्जुन देवजीले तपस्या गरेका थिए । स्वर्ण मन्दिरलाई धेरै पटक भत्काउँदै बनाउँदै गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?