होटल व्यवसायमा लगानी बढ्दो

गगन अयडीधनगढी, माग १४–७ नम्बर प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पछिल्लो समय यता होटल व्यावसायमा नीजि क्षेत्रबाट लगानी बढ्दै गएको छ प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा होटल व्यवसायमा नीजि लगानी बढ्दै गएको हो एक दशक पहिले खासै नफस्टाएको होटल व्यवसाय पछिल्लो समय फस्टाउदै गएपछि यहाका नागरिक होटलमा लगानी गर्न उत्साहित भएका छन् । कैलाली र कञ्चनपुरको होटल व्यवसायमा अहिले ४ अर्ब बढी लगानी रहेको छ । आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको पर्यटन व्यवसायमा केही सुधार हुँदै  गएपछि होटल व्यवसायतर्फ लगानी भित्रिदै गएको छ । विगतमा नीजि क्षेत्रबाट होटल व्यावसायमा उल्लेख्य लगानी हुन नसकेको ७ नम्बर प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा पछिल्लो समय लगानी वृद्धि हुदै गएको छ एक दशक पहिले थोरै होटलहरु रहेको यो कैलालीमा होटल व्यवसाय एकाएक फस्टाएको छ । एक दशक पहिलेको तुलना अहिले ३० देखि ३५ प्रतिशतले होटल व्यवसायमा लगानी बढेको छ । होटल व्यवसायी संघ कैलालीमा अहिले साना तथा ठूला गरेर ६ सय ५७ होटल दर्ता भएका भइसकेका छन् । नीजि लगानीकर्ताले होटलमा लगानी गर्ने माहोल बन्दै गएपछि होटल व्यवसायप्रति आकर्षण बढेको होटल व्यवसायी संघ कैलालीका निबर्तमान महासचिव कलम बमले बताए जिल्लामा अहिले ३ अर्ब बढी होटल व्यवसायमा लगानी रहेको र करिब ९ हजार बढीले प्रत्यक्ष रोजगारी पाएको उनको भनाई छ । बढ्दै गएको लगानीले युवा शक्तिको विदेश पलायन हुनबाट रोकिएको छ । त्यस्तै कञ्चनपुरमा पनि पछिल्लो समय होटल क्षेत्रमा लगानी बृद्धि हुदै गएको छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले होटलमा केही वर्ष यता नीजि क्षेत्रबाट लगानी बढ्दै गएको बताए साना तथा ठूला गरेर कञ्चनपुरमा ४ सय होटल दर्ता भएका छन् । दर्ता नभएका गरेर त्यो संख्या झन्डै ८ सय पुग्ने छ । लगानी अनुसारको आम्दनी पनि हुन थालेपछि व्यवसायी प्रायः सन्तुष्ट नै देखिन्छन् । तर त्यसका लागि आन्तरीक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि हुनुपर्ने र पर्यटकीय गतिविधी सञ्चालनमा विशेष ध्यान दिनुपर्ने होटल व्यावसायी संघ कैलालीका निवर्तमान अध्यक्ष महेश कुमार शाहले बताए १ देखि ४ तारे सम्मका होटल सञ्चालन गरेर व्यवसायमा लागेका उनीहरुले बेला बखत विभिन्न खालका समस्या जस्तै बन्द, हडतालसमेत झेल्दा लगानी उठ्ने होइन कि भन्ने चिन्तासमेत उत्पन्न हुने गरेको व्यवसायहरुको भनाई छ कैलाली होटल व्यवसायी संघको २५ औं साधारणसभा तथा ७ औं अधिवेशन शनिबारदेखि धनगढीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताएका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख वडले राष्ट्रलाई विकास र समृद्धितर्फ डोहोर्याउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले धनगढी सात नम्बर प्रदेशको राजधानी भइसकेकाले अब यहाका होटल व्यवसायलाई अझ व्यवस्थित हुनुपर्ने धारणा राखे कार्यक्रममा कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्ष्ँक विनोद घिमिरेले होटल व्यवसायीहरुले होटल व्यवसाय सञ्चालनमा धेरै कुराहरुमा ध्यान दिनुपर्ने भएकाले ग्राहकको विवरण राख्न आग्रह गर्नुभयो । कैलाली होटल व्यवसायी संघका निबर्तमान अध्यक्ष महेश शाहको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर होटल व्यवसायी संघका अध्यक्ष विरमन्जन बटाला, कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारी, कैलाली होटल व्यवसायी संघका कानुनी सल्लाहकार विरबहादुर जेठारा, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेमन थिए सो अवसरमा संघले होटल व्यवसायीमा सफल व्यक्तीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नया कार्यसमिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?