कास्की । पोखरास्थित सेती नदीको खोँचमा खसेरका एक युवाको प्रहरीले उद्दार गरेको छ । खोँचमा खसेर अड्कीएका आकाश गुरुङको नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको हो ।
म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय गुरुङ खोचमा खसेको खबर प्राप्त हुनासाथ गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा गुरुङ खोचमा खसेका थिए । उद्दार गरिएका गुरुङको अवस्था समान्य रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया