बेन स्टोक्सले हात पारे ‘ईएसपीएन अवार्ड’

काठमाडौं । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फ वर्ष खेलाडी चुनिएका छन् ।

क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फो अवार्डमा स्टोक्स सन् २०१९ को उत्कृष्ट ब्याट्सम्यान चुनिएका हुन् । वर्ष खेलाडी हुँदै स्टोक्सले ओडीआई ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड हात पारे ।

इंग्ल्यान्डलाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओडीआई बलिङ पर्फमेन्स अफ दि इयर अवार्ड भने न्युजिल्याण्डका माट हेन्रीले जिते ।

टेष्ट ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड श्रीलंकाका कुशल परेराले जित्दा बलिङको अवार्ड वेस्ट इण्डिजका केमार रोचले हात पारे । यस्तै टी-ट्वान्टीको ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड अष्ट्रेलियाका गले म्याक्सवेलले जिते । बलिङतर्फको अवार्ड श्रीलंकाका लासिथ मालिंगाले पाए ।

वर्ष कप्तानको अवार्ड इंग्ल्यान्डका कप्तान इयान मोर्गनले जिते । डेब्यु खेलाडी अवार्ड इंग्ल्यान्डकै जोफ्रा आर्चरले जिते । महिला ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड मेग लानिङ र बलिङ अवार्ड इल्यास पेरीले जितिन ।

एसोसियट ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड स्कटल्याण्डका जर्ज मुन्सेले जित्दा बलिङको अवार्ड ओमानका बिलाल खानले जिते ।ईएसपीएनले वर्षभरको खेलाडीको प्रदर्शनसहित पूर्व क्रिकेटर,कमेन्टेटर, ईएसपीएनका पत्रकार लगायतको एक जुरी मण्डलको मतको आधारमा अवार्ड प्रदान गरेको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?