त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौँ, १४ माघ- त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए । प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ । कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?