खेत खन्ने क्रममा ५० टनको तोप भेटिएपछि !

काठमाडौं । धर्तीमा बिभिन्न कुराहरु छोपिएका छन् । जसको बारेमा आजसम्म पनि हामीलाई थाहा छैन । धेरैजसो त्यस्ता कुराहरु खेत वा बारीमा खन्ने क्रममा फेला पर्छन् ।

भारतको मुजफ्फरनगरमा पनि खेत खन्ने क्रममा एउटा पुरानो तोप पाइएको छ । उक्त तोप अंग्रेजीहरुको युद्ध बेलाको भएको बताएका छन् ।

उक्त तोपको प्रयोग सन् १८५७ को लडाईमा भएको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् । तोपलाई अहिले भारतीय पुरातत्व विभागले सफा गरिरहेको छ ।

एएसआई विशेषज्ञका अनुसार उक्त तोप ब्रिटिसकालिन भएको बताइएको छ । उक्त तोपको नाल तथा दायाँ भागको हुड भाँचिएको छ ।

तोपमा ब्रिटिश सरकारको चिन्ह रहेको छ । एएसआईका अधिक्षण पुरातत्वविद वसन्त कुमारले तोपको लम्बाई २.८ मीटर र त्यो तोपबाट ५ इन्च व्यासको गोली चलाउँन मिल्ने बताएका छन् । उक्त तोप गुणवत्ताको धातुबाट बनेको हो ।

ब्रिटिशकालीन तोपको तौल लगभग ५० टनको रहेको छ । उक्त तोप हरिनगर गाउँमा किसान विनोद कश्यपको खेतमा पाइएको थियो । त्यो गाउँबाट आजभन्दा ४० वर्ष पहिला पनि २ वटा तोप निकालिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?