नातीले फेसबुक अकाउण्ट बनाइदिएपछि हजुरबुबाले लेखे भावुक स्टाटस !

काठमाडौं । आजको यो समयमा हरेक व्यक्ति सोशल मिडियासँग जोडिएका छन् । स्मार्टफोन हाम्रो हात हातमा भएकै कारण हामीलाई सोशल मिडियामा जोडिन सहज भएको छ ।

सोशल मिडियामा पनि फरक फरक प्लेटफर्म छन् । जस्तै फेसबुक, ट्विटर,इन्स्टाग्राम आदि छन् । अहिले फेसबुकको एउटा भिडियो अत्याधिक भाइरल भईरहेको छ ।

एक बच्चाले आफ्ना हजुरबुबाको फेसबुक अकाउण्ट खोलेका छन् । किनभने हजुरबुबाले नयाँ स्मार्टफोन किनेका थिए । तर त्यसपछि ति बालकले खोलिदिएको अकाउण्टबाट हजुरबुबाले एउटा मनछुने स्टाटस लेखेर पोस्ट गरे ।

त्यो पढेर जो कोहि पनि इमोशनल हुन्छन् । आघा नामका ट्विटर युजरले लेखेका छन्, “मैले आफ्ना हजुरबुबाको फेसबुक अकाउण्ट खोले, किनभने उनले नयाँ स्मार्टफोन किनेका थिए, आज मैले उनको फेसबुब स्टाटस देखेँँ कि त्यो पढेर जो कोहि पनि भावुक बन्छ ।

स्टाटसमा लेखिएको थियो,मेरी पत्नी, त्यसपछि मैले उनलाई नै केहि नबुझेको भएर सोधेँ । उनले भने जब मलाई फेसबुकले तेरे दिमागमा के चलिरहेको छ भनेर सोध्यो र मैले मेरी पत्नी लेखेको हुँ ।”

त्यो सुन्ने बित्तिकै उनका नाती मुस्कुराउँन थाले । यो पोस्ट अहिले धेरै भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?