चितवन, १४ माघ- आफूलाई ‘चोरको राजा’ बताउने सागर टिके भनिने टीकाबहादुर थापा मगर प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । डिल्लीबजार कारागारबाट ४ माघको राति फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय सागर टिकेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनको रामनगरमा इन्काउन्टर गरेको हो भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्पअघि इन्काउन्टरका क्रममा घाइते भएपछि उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापाका अनुसार फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीले चेकजाँच गर्ने क्रममा साँझ ५ः१० बजे निजसँग मुठभेड भएको थियो थापाका अनुसार डिल्लीबजार कारागारबाट फरार भएका थापा मगर ना४७प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा मुग्लिनतर्फबाट आउँदै गरेका थिए । उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले ६ राउन्ड जवाफी फाइरिङ गरेको थियो एसपी थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भने भाग्न सफल भएका छन् । थापा मगरको हात र तिघ्रामा गोली लागेको छ बोलाउने सागर, नागरिकताको नाम टिकाबहादुर थापा मगर भए पनि उनी आफूलाई सागर टिके भएको दाबी गर्थे । २०६४ सालपछि पटकपटक गरी पाँच वर्षसम्म जेल बसेका टिके पछिल्लोपटक एक वर्षअघि २६ लाख रुपैयाँ बुझाएर छुटेका थिए । तर उनी पुरानै पेसामा काठमाडौं उपत्यकामा १५ घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । निज लुटपाट र चोरी डकैतीका दर्जनौं मुद्दामा कारागार परेका थिए, राजधानी दैनिकले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया