८ वर्षका बच्चाले लकेट बेचेर तिरे स्कुलमा सबैले खाएको खानाको पैसा !

काठमाडौं । वाशिंगटनमा बस्ने एक ८ वर्षका बच्चाको चर्चा अहिले धेरै भईरहेको छ । बच्चाले गरेको काम नै त्यस्तो छ कि, जो कोहिले पनि उनको तारिफ नगरी बस्नै सक्दैनन् ।

उक्त बच्चाले आफ्नो स्कुलमा दुई समयमा खाने भोजनको लगभग ४ करोड ९२ लाख रुपैयाँ चाभीको लकेट बेचेर तिरेका छन् ।

ति बच्चा सीटिएल सिहक्सका कोर्नरबैक रिचर्ड शर्मनबाट प्रेरित भएको बताउँछन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनले रिचर्ड शेर्मनको बारेमा सुनेर उनको प्रेरणा जागेको बताएका छन् ।

उनले अमेरिकाको वाशिंगटनस्थित टकोमाको एक स्कुलको भोजनको रुकम तिरेका हुन् । क्योनि चिंगले ५ डलरमा चाबीका लकेट बेचेर काइन्डनेश विक मनाउँने बताएका छन् ।

उनले आमा बुबा र हजुरआमासँग मिलेर लकेट बनाएका थिए । उनले अहिलेसम्म् ३०० लकेट बेचिसकेका छन् ।

गएको हप्तामा उनले फ्र्यांकलिन प्राइमरी स्कुलमा ४०१५ डलरको चेक दिएका थिएर सबै छात्रहरुले स्कुलमा खाएको भोजनको पैसा तिरेका हुन् ।

भविष्यमा पनि त्यस्तो समस्या नआओस् भनेर उनले १००० डलर एडभान्स स्वरुप दिएका छन् भने ५०० लञ्च डेब्टका लागि जम्मा गराएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?