सन् २०२० को ओस्कार अवार्ड कोरियन फिल्म प्यारासाइटलाई

काठमाडौं । कोरियन भाषाको फिल्म प्यारासाइटले बेस्ट फीचर फिल्ममा सन् २०२० को ओस्कार अवार्ड जितेर इतिहास रचेको छ ।

कोरियन भाषाको फिल्मले पहिलोपटक सर्वश्रेष्ठ फिचर फिल्मको पुरस्कार पाएको हो । लन्स एन्जिल्स शहरको डोल्बी थिएटरमा भएको ९२ औँ ओस्कार अवार्डमा प्यारासाइट ले अवार्ड पाएको हो ।

साउथ कोरियाको यो फिल्मले बेस्ट फिल्म, बेस्ट इन्टरनेशनल फिल्म र बेस्ट ओरिजिनल स्क्रीनप्ले अवार्ड जितेको हो । फिल्म बोन्ग जुन होले निर्देशन गरेका हुन् । उनले पुरस्कारको घोषण पछि आफू निशब्द भएको बताएका छन् ।

के छ यो फिल्मको कहानी ?

फिल्ममा दुई परिवारबीचको कहानी रहेको छ । एक गरिब परिवार र अर्काै धनी र सम्पन्न परिवार । यी दुई परिवारले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ ।

बेस्ट एक्टरको अवार्ड अभिनेता वाकिन फिनिक्सले जितेका छन् । उनलाई यो अवार्ड फिल्म जोकरको अभिनयबाट दिइएको हो ।

बेस्ट एक्ट्रेसको अवार्ड रेने जेनवेगरलाई बायोपिक जूडीमा राम्रो अभिनय गरेका कारण दिइएको छ । त्यस्तै ब्र्याड पिटलाई वन्स ओपन ए टाइम इन हलिउडमा राम्रो अभिनय गरेका कारण प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?