काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुर्वमानार्थ अध्यक्ष टासी घले सहित चार जिल्ला फुटबल सघमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
आईतबार बसेको कार्यसमितिको बैठकले संघका पदाधिकारीलाई १४ बुँदे आधारहिन बिषयमा मुद्वा तथा टेप काण्ड गरी संघको छबिमा आँच पुर्याउने अनुशासनहीन कार्य गरेको भन्दै पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघका अध्यक्षमाथि कारबाही थाल्ने निर्णय गरेको हो ।
चार जिल्ला फुटबल संघले कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाभित्र चरम भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय सहित सरोकारवाला सबै निकायमा उजुरी गरेका थिए । उनीहरुले एन्फाभित्र चरम आर्थिक अनियमितता भएको दाबी गर्दै अनुसन्धानका लागि अख्तियार सहितका निकायलाई गुहारेका थिए ।
तर अख्तियारले भ्रष्टाचारको मुद्वामा अनुसन्धान गर्दै एन्फालाई सफाई दिएको थियो ।
यस्तै, पुर्व मानार्थ अध्यक्ष टासी घलेले एन्फा निर्वाचनमा आर्थिक लेनदेन भएको दाबी सहित टेप सार्वजनीक गरेका थिए । लगत्तै एन्फाले मानार्थ अध्यक्षको पदबाट घलेलाई हटाउने निर्णय गरेको थियो । घले एन्फा निर्णयबिरुद्व अदालतमा मुद्वा दायर गरेका थिए । तर अदालतले समेत घले अनुकुल आदेश दिन अस्विकार गरेको थियो ।
अदालतको पछिल्लो निर्णयसंगै एन्फाले आफै घटनाको अनुसन्धान गरेर कारबाही थाल्ने निर्णय गरेको हो ।
यस्तो छ कार्यसमिति बैठकले गरेका निर्णय विज्ञप्तीसहित :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया