एक्लै हिँड्ने महिलालाई समातेर किस खाईदिहाल्थे यी पुरुष !

काठमाडौं । संसारमा प्रत्येक दिन केहि न केहि अनौठा घटनाहरु भएकै हुन्छन् । यस्तै एउटा अनौठो घटना भारतको मुम्बईमा पनि भएको छ ।

मुम्बईमा एक युवक महिला वा युवतीहरुलाई किस गर्ने र फरार हुने गरेको खबर सार्वजनिक भएको हो । तर अहिले पुलिसले उक्त युवकलाई गिरफ्तार गरेको छ । मुम्बईको माटुंगा र आसपासका मानिसहरु उक्त युवक देखि हैरान थिए ।

ति व्यक्ति मुम्बईको दादर र माटुंगा रेल्वे स्टेशनकोबीचमा पर्ने एउटा पुलबाट हिँड्ने महिला तथा युवतीहरुलाई किस गर्ने गर्दथे । त्यसैले त्यहाँबाट हिँड्ने मानिसहरु त्यो युवकबाट हैरान भईसकेका थिए ।

मानिसहरु आफ्नो बद्नाम हुने डरले प्रहरीकोमा जाँदैन थिए । त्यसैले ति व्यक्ति पुलबाट हिँड्ने जो कोहि पनि महिला तथा युवतीहरुलाई किस गर्दथे ।

जब प्रहरीको त्यो बारे कसैले हल्ला गर्याे तब प्रहरीले सिसि क्यामेरामा त्यहाँको फोटो हेर्याे । नभन्दै त्यस पुलबाट एक्लै हिँड्ने महिलाहरुलाई ति व्यक्ति किस गर्दथे र भाग्थे ।

त्यसपछि प्रहरीले ति व्यक्तिलाई समात्ने प्लान बनायो र चोरी गर्दै गरेको अवस्थामा गिरफ्तार गर्याे । ति व्यक्तिको नाम हबिबुर खान रहेको छ । उनी ३२ वर्षका भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?