अनौठो खबर, गरिँदै छ सेक्स डलको अन्तिम संस्कार !

काठमाडौं । जो यो संसारमा आउँछ त्यो मानिस एक दिन संसारमा छोडेर जानै पर्छ । यो नियमलाई न त कसैले बदल्न सक्छ न त रोक्न नै ।

जब मानिसहरुको मृत्यु हुन्छ तब फरक फरक धर्मानुसार अन्तिम संस्कार गर्ने गरिन्छ । तर के तपाईले कहिल्यै केस्क डलको अन्तिम संस्कार गरेको कुरा सुन्नु र देख्नु भएको छ ? यदि छैन भने हामी तपाईलाई जानकारी दिनेछौँ ।

जापानको एक कम्पनीले सेक्स डलको अन्तिम संस्कार गर्दै छ । यसको लागि कम्पनीले ६३० पाउण्ड अर्थात् ९२ हजार ८ सय रुपैयाँ खर्च गर्दैछ । त्यति मात्रै होइन, उक्त डललाई एउटा मेसिनमा राखेर नष्ट गरिदै छ ।

साथै एक पोर्न स्टारलाई बोलाएर उसले डलको प्रार्थना पनि गर्नेछ । जापानमा सबै किसिमका डल्सहरुमा पनि मानिसको जस्तै आत्मा हुन्छ भन्ने विश्वास रहेको छ ।

त्यसैले त्यहाँका मानिसहरु डल्सलाई फोहोर ठाउँमा फाल्न मान्दैनन् । ह्युमन् लव डल नामक उक्त कम्पनीले यो काम गरिरहेको हो । कम्पनीको वेवसाइटमा केहि फोटोहरु पोस्ट गरिएको छ ।

जसमा एक फिमेल डग्सलाई फूलले ढाकेर राखिएको छ । हरेक वर्ष जापानमा लगभग २ हजार सेक्स डललाई चारैतिरबाट फूलले ढाकेर राखिएको छ ।

यदि कसैले मेसिनमा राखेर सेक्स डल्सहरुलाई मार्न चाहँदैन भने अर्काे विकल्प पनि रहेको छ । जापानमा एक समयमा एउटा सेक्स डल्सको मात्रै अन्तिम संस्कार गर्न नियम छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?