थप निर्णय गर्दै प्रधानमन्त्री

काठमाडौँ, १४ माघ- कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन  निर्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक थप संवैधानिक तथा कानुनी अधिकार छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दूरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रसर भइरहेका छन् । त्यस्ता दर्जनभन्दा बढी प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधीन छन् । तिनलाई जानुअघि टुंग्याउने उनको मनसाय छ ‘सरकारमा आउनुअघि नै प्रधानमन्त्री भएपछि यो–यो गर्छु भनेर मैले बोलेको थिएँ । प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले गर्न दिएन । त्यतिबेला दलीय सहमतिको सरकार थियो,’ वाणिज्यमन्त्री मीन विश्वकर्मामार्फत उनले जानकारी गराए, ‘चुनावलाई प्रभावित पार्ने काम गर्नु हुँदैन भन्ने मलाई पनि लाग्यो र त्यतिबेला सबै काम थाती राखें । अहिले चुनावलाई असर गर्दैन । मैले बोलेका र प्रतिबद्धता गरेका कार्यक्रम जाने बेला गरेको हुँ । गलत भए आउने सरकारले फिर्ता लिए भइहाल्यो ।’ कान्तिपुर दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?