शानदार जितसँगै रियलको अग्रता कायमै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रियल म्याड्रिडले जित हात परेको छ । आइतबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४-१ गोलको शानदार जित हात पारेको हो ।

रियालको जितमा इस्को, सर्जियो रामोस, लुकास भाजक्वेज र लुका जोभिकले गोल गरे । ओसासुनाका युनाई गार्सियाले एक गोल गरेका थिए । गार्सियाले खेलको १४ औँ मिनेटमा सुरुवाती गोल गरेमा थिए। युनाईले गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ३८ औं मिनेटमा कप्तान सर्जियो रामोशले गोल गर्दै रियललाई अगाडी बढाए । ८४ औं मिनेटमा लुकास भाजक्वेजले करिम बेन्जेमाको पासमा तेस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा लुका जोभिचले फेडरिको भेलभेर्डेको पासमो गोल गर्दै रियललाई सानदार जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक बनाएको छ । रियल दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोना भन्दा तीन अंकले अगाडी छ । बार्सिलोनाको समान खेलबाट ४९ अंक पुगेको छ । २८ अंक बनाएको ओसासुना १२औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?