काठमाडौं । जितसँगै लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १२ अंकको अग्रता लिएको छ । आईतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ गोल अन्तरले पराजित गर्यो ।
पीएसजीको जितमा एन्जल डी मारिया, केलियन एम्बाप्पे र ईडिन्सन काभानीले समान एक एक गोल गरे । फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले कोशेली पाएको थियो ।
लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए । जितसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ ।
उसले २४ खेलबाट ६१ अंक जोडेको छ । लियोन ३३ अंक सहित तालिकाको नवौं स्थानमा छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया