भ्यागुतोले जिउँदै निल्यो खतरनाक विषवाला सर्प !

काठमाडौं । सर्प र भ्यागुतोमा सर्पलाई नै बलवान मान्ने गरिन्छ । किनभने सर्पको विष एकदमै डरलाग्दो हुन्छ । तर संसारमा सबैभन्दा खतरनाक विषवाला सर्पलाई नै एउटा भ्यागुतोले क्षणभरमै खाइदिएको छ ।

अष्ट्रेलियामा एउटा भ्यागुतोले विश्वकै सबैभन्दा खतरनाक विषवाला सर्पलाई नै खाईदिएको हो । भ्यागुतोले उक्त सर्पलाई जिउँदै निलेको हो ।

उक्त घटना क्युन्सल्याण्डमा बस्ने महिलाले उक्त भिडियो आफ्नो मोवाइलबाट खिचेकी थिइन् । ति महिलाले आफ्नो बगैँचामा विषालु सर्प देखेकी थिइन् । त्यति बेलै भ्यागुतो त्यहाँ आयो र सर्पलाई जिउँदै निल्न थाल्यो ।

ति महिलाले दुबैलाई एक आपसमा छोडाउँन धेरै प्रयास गरिन् तर उनी असफल रहिन् । धेरै विषालु सर्प भएको कारण भ्यागुताले निले पनि त्यो सर्प लामो समय राखिराख्न सकेन र एकछिन पछि ओकलेको थियो ।

तर सर्प भने त्यो बेला सम्म मरिसकेको थियो । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भईरहेको छ । मानिसहरु भ्यागुताको बहादुरीको तारिफ गरिरहेका छन् ।

उक्त सर्प कोस्टल ताइपन नामको थियो । यो सर्प विश्वकै सबैभन्दा विषालु सर्प मध्येको एक हो । यसले कोहि पनि मानिसलाई टोक्यो भने त्यसको ज्यान बँच्न सक्ने सम्भावना कमै हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?