माध्यरातमा राजधानीको बालाजुमा खुकुरी प्रहारबाट ३ जना घाइते

काठमाडौं, १३ माघ– राजधानीको बालाजुमा एक समूहले अर्को समूहमाथि खुकुरी प्रहार गरेको छ । शनिबार साँझ अज्ञात समूहको खुकुरी प्रहारबाट तीन जना घाइत भएको महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी विश्व खड्काले  जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई सोह्रखुट्टेस्थित पिपुल्स अस्पतालमा उपचारका लागि पुर्याइएको बताइएको छ । घाइतेको परिचय खुल्न बाँकी रहेको छ । धादिङ बसपार्क अगाडी रातको समयमा खुकुरी हान्नासाथ अभियुक्त फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?