२०७४, १३ माघ शनिवार २२:४६

राजधानीको बालाजुमा खुकुरी प्रहारबाट ३ जना घाइते


प्रकाशित मिति : २०७४, १३ माघ शनिवार २२:४६

काठमाडौं, १३ माघ– राजधानीको बालाजु चोकमा एक समूहले अर्को समूहमाथि खुकुरी प्रहार गरेको छ । शनिबार साँझ अज्ञात समूहको खुकुरी प्रहारबाट तीन जना घाइत भएको महानगरीय प्रहरी बृत्त बालाजु स्रोतले जानकारी दियो  खुकुरी प्रहारबाट घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई सोह्रखुट्टेस्थित पिपुल्स अस्पतालमा उपचारका लागि पुर्याइएको बताइएको छ । घाइतेको परिचय खुल्न बाँकी रहेको छ । रातको समयमा खुकुरी हान्नासाथ अभियुक्त फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस