२०७८,जेष्ठ,१,शनिवार

जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउँने सजाय दिइन्छ !


काठमाडौं । फिलिपिन्सको एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलियोस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाएका छन् । नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ ।

पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ । उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ ।

तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ ।

त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२७,सोमवार ०८:०१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२