नेपाल टेलिकमको विन्टर अफरः १५ रुपैयाँमा १२ घण्टा गफ !

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । टेलिकमले ल्याएको उक्त विन्टर अफर अन्तर्गत अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध रहेका छन् । त्यस्तै टेलिकमले जनाएअनुसार ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज १ दिनदेखि २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै टेलिकमले अर्काे डे डाटा प्याक योजना ल्याएको छ । उक्त योजना अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ । भने उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने । उक्त दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने टेलिकमले जनाएको छ ।

साथै टेलिकमले ल्याएको नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । भने उक्त प्याकमार्फत १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक लिन सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले ल्याएको युट्युब डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिनका लागि प्याक लिन सकिनेछ । उक्त प्याक योजना अन्तर्गत १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । टेलिकमका अनुसार उक्त डाटा खरिद गर्नका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुनेछ ।

ग्राहकहरुको सुविधाको लागि ल्याइएको उक्त बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले उपलब्ध गराएको छ । उक्त प्याक अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

टेलिकमले १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न मिल्ने गरि डे टाइम भ्वाइस प्याक ल्याएको छ । त्यस्तै १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । पोष्टपेड प्याक अन्तर्गत अन्तर्गत ६२० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । उक्त प्याक ३० दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले ल्याएको सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ ।

टेलिकमले ल्याएको अफरहरु जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याइएको उक्त योजना २०७६ माघ २२ गतेदेखि लागू गरिसकेको छ । भने उक्त योजना आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?