काठमाडौं । स्पेनिस लिगमा रियल मड्रिडले आज (आईतबार) राति ओसासुनासंग भिड्दै छन् । रियल मड्रिड र ओसासुनाबीचको खेल ८:४५ मा सुुरु हुनेछ ।
ग्यारेथ बेल लामो समयपछि रियलको टिममा फर्किएका छन् । ओसासुनाबिरुद्व उनी मैदान समेत उत्रन सक्नेछन् । पछिल्ला पाँच खेलमा उनी पहिलो पटक रियलको टिममा परेका हुन् ।
वेल्सका अन्तराष्ट्रिय फरवार्ड जनवरी २२ देखि रियलको टिममा छैनन् । उनले रियल भालाडोलिड, रियल जारागोजा, एट्लेटिको मड्रिड र रियल सोसिडाडबिरुद्वको खेल गुमाएका थिए ।
उनी पछिल्ला तीन खेलमा फिट थिए । तर उनलाई टिममा समावेश गरिएन । उनको अनुपस्थितीको बिषयमा मुख्य प्रशिक्षक जिनेदिन जिदानले वेलले गरिरहेको अभ्यासले उनलाई केही फरक नपार्ने बताएका थिए ।
खेलाडी सरुवाको अन्तिम समय प्रिमियर लिग क्लब टोटेनहमले वेलमा ईच्छा देखाएको थियो । तर जिदानले वेल आफ्नो योजनामा रहेको बताएका थिए ।
वेललाई मड्रिड डर्बीमा समेत बाहिर राखिएको थियो । सो खेलमा करिम बेन्जिमाको गोलमा रियलले जित निकालेको थियो ।
आईतबारनै राति बार्सिलोनाले रियल वेटिससंग खेल्दैछ । यस्तै, सेल्टा डि भिगोले सेभिल्ल, रियल सोसिडाडले एट्लेटिको बिल्बाओ, स्पानियोलले मल्लोर्कासंग खेल्नेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया