सागमा स्वर्ण जित्ने फुटबलरले साढे ५ लाख पाउने

काठमाडौं । १३ औं दक्षिण एसियलाी खेलकुद सागमा स्वर्ण जित्ने फुटलब टिमका सदस्यले जनही साढे ५ लाख रुपैयाँ पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघको आईतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही साढे ५ लाख रुपैयाँ दिने घोषणा गरेका हो । सागमा नेपालले भुटानलाई हराउँदै सागमा स्वर्ण जितेको थियो ।

स्वर्ण विजेता खेलाडीको सम्मानमा एन्फाले प्रत्येक खेलाडीलाई जनही साढे ५ लाख दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?