बेहुलीले लगाएको सारी मन नपरेपछि मण्डपबाटै भागे बेहुला !

काठमाडौं । भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भागेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् ।

उनीहरुले प्रेमपछि विवाह गरेका थिए । यो घटना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

हासनका एसपी श्रीनिवास गौडानका अनुसार रघुकुमार र संगीताले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

जब विवाह हुँदै थियो तब संगीता सारी लगाएर मञ्चमा आएकी थिइन् । उनले लगाएको सारी मन नपरेपछि रघुकुमार त्यहाँबाट फरार भएका थिए ।

रघुकुमारका आमा बुबाले संगीताले लगाएको सारी निम्न क्वालेटिको भएको कारणले रघुकुमार भागेको बताएका छन् । पुलिसले रघुकुमारलाई धोका दिएको भन्दै केश दर्ता गराएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?