काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ मनाङले २–० को अग्रता लिएको छ । मनाङका लागि अन्जन विष्ट र विमल रानाले समान एक एक गोल गरेका छन् ।
खेलको ३५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जनले ४३ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाउने काम गरे ।
मनाङ १९ अंक सहित तालिकाको चौथो स्थानमा छ । एनआरटी १५ अंक सहित आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया