यस्तो थियो साहिद र करिनाको प्रेमकहानी

कुनै समयका प्रेमजोडी करिना कपुर र साहिद कपुरले छुट्टाछुट्टै बिहे गरेर आ–आफ्नो जिन्दगी जिइरहेका छन् । एकताका उनीहरूबीचको अफेयरको निकै चर्चा हुने गरेको थियो । झन्डै तीन वर्ष अफेयरमा रहेका करिना र साहिद अहिले एक–एक सन्तानका अभिभावक बनिसकेका छन् । करिनाले अभिनेता सैफअली खानसँग बिहे गरिन् भने साहिदले कलेज गर्ल मीरा राजपुतसँग । करिनाको एक छोरा तैमुर छन् भने साहिदकी एउटी छोरी मिसा छिन् घरजम गरेर आ–आफ्नो दुुनियाँमा रमाइरहेका भए पनि भारतीय अनलाइनले करिना र साहिदको प्रेमप्रसंगलाई एकपटक फेरि कोट्याएको छ । भारतीय अनलाइन दैनिक भाष्करले करिना र साहिदबीचको अफेयरबारे केही नौलो कुरा सार्वजनिक गरेको छ । भाष्करका अनुसार करिना र साहिद सन् २००४ देखि तीन वर्षसम्म प्रेममा थिए । सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरेकी करिना र सन् २००३ मा ‘इस्क बिस्क’ फिल्मबाट डेब्यु गरेका साहिदको सन् २००४ मा ‘फिदा’ फिल्मको सेटमा प्रेम सुरु भएको हो । करिना साहिदप्रति यति धेरै आकर्षित भएकी थिइन् कि सुटिङकै क्रममा उनले साहिदलाई मनमा सजाइसकेकी थिइन् दक्षिण एसियामा केटाले नै प्रेम प्रस्ताव राख्ने गरेको पाइन्छ । तर, साहिदले भने करिनालाई प्रस्ताव राख्नैपरेन । अर्थात्, करिनाले नै साहिदलाई पर्पाेज गरेकी थिइन् । करिनाले केही वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आफूले नै साहिदलाई बारम्बार फोन, एसएमएसमार्फत पर्पाेज गरेको खुलाएकी थिइन् । करिनाको एकोहोरो प्रस्तावलाई साहिदले स्विकारेका थिए । उनीहरूको जोडीको फिल्मले बक्स अफिसमा राम्रै व्यापार गरेका थिए । उनीहरू ‘फिदा’, ‘जब वी मेट’, ‘३६ चाइना टाउन’, ‘चुप चुपके’लगायतका फिल्ममा सँगै अभिनय गरेका थिए । तीन वर्षको अफेयरपछि उनीहरूको ब्रेकअप भएको थियो । ब्रेकअपको मुख्य कारण के थियो, त्यो भने उनीहरूले कहिल्यै खुलाएनन् । ब्रेकअपपछि उनीहरू सन् २०१० मा ‘मिलेंगे मिलेंगे’ फिल्ममा सँगै देखिएका थिए साहिद र करिनाको प्रेम टुट्नुमा अर्की अभिनेत्री अमृता राव कारक भएको बताइन्छ । सन् २००६ मा ‘विवाह’ फिल्मको सुटिङका क्रममा अमृता साहिदसँग नजिकिएकी थिइन् । अमृताकै कारण साहिद र करिनाबीच वैमनस्य चुलिएको हो । यता, साहिद अमृतासँग नजिकिए, उता सन् २००७ मा ‘ल्याक्मी फेसन विक’मा करिना सैफअली खानका साथ देखिइन् । करिना र सैफले ‘ओमकारा’ फिल्ममा सँगै अभिनय गरेका थिए । पछि ‘टसन’ फिल्मका क्रममा उनीहरूको प्रेम झाँगिएको बताइन्छ । करिनाले सन् २०१२ मा सैफसँग बिहे गरिन् भने साहिदले सन् २०१५ दिल्लीकी मीरा राजपुतसँग बिहे गरे । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?