प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ गतेका लागि आह्वान

बुटवल, १३ माघ-संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ । बैठक उक्त दिन अपराह्न १ बजे बस्ने प्रदेश प्रमुख कार्यालय सचिव दवाडीले जानकारी दिए प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उनले प्रदेश प्रमुखले दलहरूबीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताए संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ प्रदेशसभा बैठकका लागि संसद् सचिवालय बुटवल उद्योग वाणिज्य संघ परिसर र सभाहलमा तयारी भइरहेको र संसद् संचालका लागि केन्द्रबाट खटिएका कर्मचारीसमेत आउने क्रममा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?