कांग्रेसका कारण आज पनि संसद बैठक स्थगित, माघ २८ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज तेस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ ।

बिहीबार र शुक्रबार पनि कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो। आज पनि संसद अवरोध भएपछि माघ २८ गते १ बजे बस्नेगरीलाई स्थगित भएको छ ।

कांग्रेसले राजनीतिक प्रतिशोधका कारण गच्छादारलाई अख्तियारले मुद्दा हालेको भन्दै संसद अवरोध गरेको हो ।

यो पनि पढ्नुहोस्

आज प्रतिनिधिसभा बैठक बस्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?