कसले भत्कायो निमार्णाधीन भवन ?

मुगु, १३ माघ – जिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीका अनुसार गएराति कामदारहरु काम सकेर कालै, पुरुमुरु र जिमा गाउँमा सुत्न गएका बेला अज्ञात समूहले मौका छोपी भवन भत्काएको हो गाउँपालिकाको केन्द्र सोरुकोट वा कुलाहाँ कहाँ राख्ने भन्नेबारेमा विवाद भए पनि कृषि सेवा केन्द्रको भवनबारे कुनै विवाद थिएन । भवन बनेपछि गाउँपालिकाको केन्द्र कुलाहाँ नै बन्छ भन्ने आशंकाले निमार्णाधीन भवन भत्काइदिएको हुनसक्ने गाउँपालिकाले अनुमान गरेको छ बन्दै गरेको भवन अज्ञात समूहले भत्काइदिएपछि सोको मुचुल्का गर्न कालै गाउँमा रहेको प्रहरी चौकीबाट आज प्रहरी घटनास्थलमा गएको प्रहरी कार्यालयले जनाएको छ एक तला चार कोठाको भवन कूल रु २५ लाख लागतमा निर्माण हुँदै थियो भने झ्यालसम्म भित्ता निर्माण भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट पाँच घण्टा पैदल उत्तर दिशामा रहेकाले सूचना ढिलो प्राप्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?