यी महिलाको खातामा जब एकदिन अचानक ४८ करोड रुपैयाँ आयो !

काठमाडौं । धनी बन्ने चाहाना सायद कसलाई नहोला ? छोटो समयमा धनी बन्ने सपना धेरैलाई हुन्छ । तर छोटो समयमै धेरै धन कमाउँन असम्भव जत्तिकै हुन्छ ।

तर क्षणभरमै एक महिला करोडपति बनेकी छन् । उनको ब्यांक अकाउण्टमा जम्मा ६० रुपैयाँ थियो । तर अचानक उनको खातामा ४८ करोड रुपैयाँ आएको छ ।

भारतको कर्नाटकको चन्नापटना कस्बेमा एक व्यापारी सइद मालिक बुरहानकी श्रीमतीको खातामा अचानक ४८ करोड रुपैयाँ आएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार ति महिलाको खातामा त्यति धेरै रकम आएपछि बैंक अधिकारी नै उनको घर पुगेका थिए ।

२ डिसेम्बरमा बुरहानकी पत्नीको खातामा यति धेरै रकम अचानक आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?