टाटा मोटर्सको २ नयाँ शोरुम चितवनमा संचालन

काठमाडौं । टाटा मोटर्सले चितवनमा २ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङले चितवनमा शोरुम सञ्चालन गरि बिक्रि वितरणमा सहयोग पुग्ने जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै शेखर मोटर्सका म्यानेजिङ डिरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुमले ग्राहकलाई उच्चस्तरको सेवा दिन पाँउदा खुशी लागेको व्यक्त गरेका छन् ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदी ट्रेडिङका डिलर डेभलपमेन्ट म्यानेजर गोबिन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

टाटा शोरुम हप्ताको सातै दिन विहान ९ः३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने कम्पनीले जनाएको छ । भने कम्पनीका अनुसार जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?