नेपालद्वारा ओमानलाई २५० रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले अहिले टस हारेर ब्याटिङ गरेको थियो ।

नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् ।

नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले परािजत भएको थियो भने शनिवार भएको दोश्रो खेलमा नेपालले हिजो अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

लगातार दुई जित निकालेको ओमानको मनोबल आज उच्च छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा रहेको छ ।

सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका, ओमन,स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ ।

नामिवियाको आठ र युएईको सात अंक छ । २ खेलबाट नेपालको दुई अंक हुँदा ८ खेल खेलिसकेको पपुवा न्युगिनी अंकविहिन छ ।

लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?